पोखरा–१५ मा खेल महोत्सव सुरु, मुलुक र समाजको पहिचान खेलाडीले दिन्छ -सांसद भट्टराई
कास्की | माघ २, २०८०
पोखरा –१५ को वृहत् खेलकुद महोत्सव मंगलबारदेखि सुरु भएको छ ।
पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरिय तीन दिने वृहत् खेलकुद महोत्सव पोखरा –१५ स्थित बन विज्ञान क्याम्पसको खुल्ला चौरमा सुरु भएको हो।
महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भए पनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्र दिन सक्ने बताइन्।
उनले खेलाडीहरूको विकासका लागि राज्यले निश्चित लगानी गर्नुपर्नेमा त्यसो हुन नसकेकोमा दुखेसो पोखिन्। वडा स्तरमा हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने भट्टराईको भनाई थियो ।
यस्तै वडाध्यक्ष तोरण बानियाँले स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति भएकाले जबसम्म नागरिक स्वस्थ हुँदैनन् तबसम्म उनीहरूले समाज र परिवारका लागि केही योगदान गर्न सक्दैनन् भन्ने हेतुले हरेक टोल र बस्तीमा खेलकुदको अभियानलाई जोड्न दोस्रो पटक पनि खेलकुद महोत्सवलाई निरन्तरता दिइएको बताए।

बानियाँले वडा नं –१५ मा ४२ वटा टोल विकास संस्था ३८ वटा आमा समूह लगायत थुप्रै क्लबहरू रहेको भन्दै ठुलो क्षेत्रफलमा फैलिएको वडावासीहरू बिच खेलकुदले आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए।
आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझै बृहत्तर रूपमा आयोजना गरिने तथा वडावासीले देखाएको उत्साहले आफूहरूलाई झनै हौसला र ऊर्जा प्राप्त भएको बानियाँले बताए ।
खेल संयोजक तथा वडा सदस्य आशिष भण्डारीले गत संस्करणको वडा स्तरीय खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीहरूले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा उपाधि जित्दै वडाको गौरव बढाएको प्रतिक्रिया दिए। उनले समाजमा रहेका मतभेदलाई खेल क्षेत्रले एकत्रित गर्ने र समाजमा एकताको सन्देश दिने बताए ।
महोत्सवमा वडाका विभिन्न आमा समूह, टोल विकास संस्थाहरूले खेल मैदानमा मार्च पास गरेका थिए । खेल महोत्सव उद्घाटन समारोह कार्यक्रमलाई वडा सदस्य मन्दिरा परियारले सञ्चालन गरेकी थिइन् ।
यस्तै आज भएको पुरुष फुटबलमा मेरिगोल्डले हार्वड एकेडेमीलाई १–०, सिद्ध माविले केल्स एकेडेमीलाई २–०, फलेपाटनले आदर्श टोललाई १–०, प्रतिभाले निर्मल टोललाई २–०, गलेश्वरले नव जनशक्तिलाई ३–० र वेलननले थ्री एन्जेललाई ३–२ ले पराजित गरेको छ।
यस्तै पुरुष भलिबलतर्फ आदर्श टोलले स्यानी मजुवा, ठुलि मजुवालाई शिवशक्ती टोल, अलकापुर टोललाई तल्लो नयाँगाउ र सँगम टोललाई प्रतिभा टोलले पराजित गरेको छ ।
महिला भलिबलतर्फ प्रतिभा आमा समूहलाई स्यानी मजुवा आमा समूहले, भगवती आमा समूहलाई एकता आमा समूह र चेतना महिला कृषक समूहलाई जनजागृति आमा समूहले पराजित गरेको छ ।
आज नै भएको ब्याडमिन्टन खेलमा पुरुषतर्फ प्रतिभा, तल्लो नयाँ गाउँ, ठुली मजुवा, मितेरी र धौलागिरि टोल विजयी बनेका छन् । भने, महिला ब्याडमिन्टन तर्फ माछापुच्छ्रे चौतारी विजयी बनेका छन् ।
तीन दिसम्म चल्ने खेलकुद महोत्सवमा टोल विकास, विद्यालय तथा क्लबस्तरिय फुटबल, पुरुष तथा महिला भलिबल, पुरुष – महिला सडक दौड, रस्साकस्सी, ब्याडमिन्टन, बास्केट बल लगायतका विभिन्न खेलहरूमा झन्डै १२ सय खेलाडीले भाग लिएका छन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

